+
+

होटलमा चियासमेत पाइन छाड्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते ७:१५

Tea२४ असोज, हेटौंडा । के तपाई चिया खान मन लागेर होटल छिर्दै हुनुहुन्छ ? विचार गर्नुस् तपाई एक्लै हुनुहुन्छ भने चिया पाउनु हुन्न । ग्यासको अभावले होटलले चिया पकाउनै छाडेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघ अगाडि २७ वर्षदेखि सञ्चालनमा रहेको गोर्खाली भोजनालयमा शुक्रबार चिया पिउन जाने ग्रहकले चिया पिउन पाएनन्, उनीहरुले चिया खाउन भन्दा होटलवालाले चिया पाक्दैन, चिसो पिउनुस् भन्ने जवाफ दिए ।

चिया माग्दा चिसो पिउनुस् भने पनि ग्राहकले कुनै प्रतिक्रिया दिएनन्, बरु एउटा चिसो खाउँ, नाकाबन्दीको विरोध गरौं भन्दै चिसो पिउन थाले । गोर्खाली भोजनालयमा केहीबेर ब्यापारी र ग्राहकबीच भएको यो संवाद प्रतिनिधि उदाहरण मात्र हो । भारतले दुई सातादेखि गरिरहेको अघोषित नाकाबन्दीका कारण हेटौंडाका अधिकांश चिया नास्ता होटल ब्यापारीको जवाफ एउटै छ, ग्यास छैन, कसरी चिया पकाउनु ? राजधानी दैनिकमा खबर छ ।

हेटौंडा बसपार्कमा लामो समयदेखि होटल सञ्चालन गर्दै आइरहेका बलराम बलामीको दुखेसो पनि उस्तै छ । २४ सै घण्टा ब्यापार गर्ने बलामी विगत एक सातादेखि साँझ ८ बजेदेखि नै होटल बन्द गर्ने गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?