+
+

म सरकार बनाउने-गिराउने खेलमा छैन : बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १०:२०

Baburam-Bhattrai२४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सरकार बनाउने-गिराउने भूमिकामा आफ्नो कुनै संलग्नता नहुने प्रष्ट पारेका छन् । संसदमा प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदै गर्दा भट्टराईले आफू निकटका एमाओवादीका सभासदहरुले मतदानमा रोक्ने हल्ला चलेको थियो ।

तर, भट्टराईको सचिवालयले त्यसलाई खण्डन गरेको छ । भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, पर्वप्रधानमन्त्री भट्टराईले आफू निकटका सभासदहरुलाई मतदान गर्न रोक्दै हुनुहुन्छ भन्ने जस्ता हल्लाहरु निराधार र गलत भन्ने प्रष्ट पार्न चाहन्छौं ।

भट्टराई अहिले पहाड तराई र मधेसको एकता बलियो बनाउने र बृहत राष्ट्रिय एकताको वातावरण बनाउन पहल र प्रयत्न गर्नेमा केन्द्रीय रहेको उनको निजी सचिवालयले जनाएको छ ।

विज्ञ र सरोकारवालाहरूसँगको छलफल र आन्तरिक तयारी पश्चात भट्टरार्इले मुलुकको आर्थिक समृद्धिको योजना सार्बजनिक गर्ने भन्दै उनको सचिवालयले भनेको छ, -‘राजनीतिक दाउपेचमा मात्रै अल्झिनु भन्दा अब राष्ट्रिय एकता सँगसँगै मुलुकलाइ आर्थिक समृद्धितिर कसरी लैजाने भन्ने बिषयमा वहाँ विज्ञहरूसँग छलफलमा केन्द्रित हुनुहुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?