+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

कीर्तिपुरमा बाह्रवर्षे नाच सुरु

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ५ गते २१:३६

५ कात्तिक, काठमाडौं । कीर्तिपुरमा बिहीबारदेखि बाह्रवर्षे नाच सुरु भएको छ ।

राजा निवास मल्लका पालादेखि सुरु भएको बाह्रबर्षे नाच ११ महिनासम्म चल्छ । नाच टोल टोलमा आलोपालो गरी देखाइन्छ । अष्टमातृका, महालक्ष्मीलगायत ११ देवदेवीका मुकुन्डो लगाएर सो नाच नाचिन्छ । नगरवासीलाई सुरक्षित गराउन यो नाच सुरु गरिएको नृत्यगुरु राजकुमार मालीले बताए ।

अस्त्र परित्याग दिवस

विजयादशमीकै दिन आज दुई हजार २७७औँँ अस्त्र परित्याग मनाइयो । मौर्यसम्राट् अशोकले कलिङ्गको युद्धपछि विक्षिप्त भई युृद्ध नगर्ने घोषणा गरेको दिनलाई अस्त्र परित्याग दिवसका रुपमा मनाइने चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिए । भिक्षु धम्मले भने –’उहाँकै देनले आज हामीले लुम्बिनी हाम्रो भन्न पाएका छौँ, बौद्धधर्मको विकासमा उहाँको अतुलनीय योगदान छ, आजको दिन उहाँको योगदानलाई स्मरण गरी शस्त्रास्त्र दिवसलाई शान्त भएर खुसी बाँडी मनाऔँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?