हलिउड मोडल तथा सुन्दरीहरुको जीवन जिउने शैली लोभलाग्दो छ । महंगा र ब्रान्डेड बस्तु खरिद गर्नु उनीहरुको सोख नै हो । ‘दि किपिङ विथ द कार्दशियन’ शोकी स्टार समेत रहेकी काइलीले हालै मात्र एक महंगो ब्याग खरिद गरेकी छिन् ।
उनले हालै मात्र महंगो कार खरिद गरेकी थिइन् । अब, उनकै काइलीको हातमा एक महंगो व्याग पनि देखिएको छ । क्रिस जेनेरकी छोरी काइली शुक्रबार यस्तै एक महंगो व्याग बोक्दै आफ्नै स्टाइलमा देखिइन् । उनले बोकेको व्यागका विभिन्न मोडल १३ हजार डलरदेखि साढे २ लाख डलरसम्ममा पाइने गर्दछ ।
उनका दिदीहरु किम र क्लोइले यस अगाडि नै यस्तो महंगा ब्याग बोकिसकेका छन् । काइलीले बोकेको व्यागको मुल्य २० हजार डलर रहेको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4