Comments Add Comment

बुबापछि छोराको पालो ! विराज विष्टलाई मन्त्रीबाट हटाउने तयारी

Biraj-Bista

२ वैशाख, काठमाडौं । राप्रपा नेपालले स्थानीय विकास सहायकमन्त्री विराजबहादुर विष्टलाई कारबाही गर्ने तयारी गरेको छ ।

विष्ट निलम्बित सहअध्यक्ष केशरबहादुरका छोरा हुन् । वीरगञ्ज बैठकले पार्टी हित विपरित काम गरेको भन्दै केशरबहादुरलाई ३ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको थियो ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहायकमन्त्री विष्टको आलोचना भएको छ । बैठकमा उपाध्यक्षसहितका शीर्ष नेताहरुले विष्ठले पार्टी हित विपरित काम गरेको भन्दै कारबाही गर्न माग गरेका छन् । एक नेताले भने, ‘अहिले कुनै निर्णय भने भइसकेको छैन ।’
सकेसम्म विष्टलाई राजीनामा गर्न लागाउने रणनीति छ । नभए कारबाही गर्दै सरकारबाट हटाउने तयारी छ ।

पार्टी एकतालाई छिटो टुंग्याउन निर्देशन

बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता वार्ता जतिसक्दो चाँडो टुंग्याउन वार्ता टोलीलाई निर्देशन दिएको छ । उपाध्यक्ष राजिव पराजुली संयाजक रहेको वार्ता टोलीलाई एकता वार्ता चाँडो टुंग्याउन निर्देशन दिएको हो ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा दुई विपरित धारमा रहेका राप्रपा नेपाल र राप्रपाले एक वर्ष पहिले नै पार्टी एकताको प्रक्रिया अगाडि बढाएका थिए । दुवै दलले दुई पटक वार्ता टोली गठन गरी विभिन्न चरणमा छलफल गरिसकेका छन् । तर, पार्टी एकताबारे अहिलेसम्म कुनै ठोस समझदारी भइसकेको छैन ।

राप्रपा नेपालको कार्यसम्पादन समितिले ९ बुँदे बटमलाइनलाई आधार मानेर राप्रपासँग निर्णयक कुरा गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment