+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कञ्चनपुरमा १० हजार हेक्टर वनमा डढेलो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १३ गते १३:५८

१३ वैशाख, भीमदत्तनगर । कञ्चनपुरमा १० हजार हेक्टरभन्दा बढी वन क्षेत्रमा डढेलो लागेको छ । यहाँस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष, विभिन्न सामुदायिक वन र राष्ट्रिय वनमा गरी १० हजार २०० हेक्टर वनमा डढेलो लागेको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

dadhelo,-Fare
फाइल तस्वीर

यहाँका ५० भन्दा बढी सामुदायिक वन र राष्ट्रिय वनमा विगत एक साताभन्दा बढी समययता डढेलो लागेको सहायक वन अधिकृत विश्वेश्वरप्रसाद जोशीले जानकारी दिए ।

‘बाह्र ठाउँमा डढेलो नियन्त्रण गर्न फायर युनिट खटिए पनि आगो नियन्त्रण बाहिर छ, उनले भने, ‘सात हजारभन्दा बढी हेक्टरमा आगो लागेको रेकर्ड आएको छ ।’ उनले आगलागी नियन्त्रण गर्ने सामग्री नहुँदा पनि समस्या भएको गुनासो राखे ।

‘कुनै पनि निकायबाट आगो नियन्त्रण गर्ने सामग्री उपलब्ध भएको छैन,’ उनले भने, ‘विगत वर्षहरुमा पाइएका सामग्रीले नियन्त्रण प्रयास जारी राखेका छौँ ।’

सहायक वन अधिकृत जोशीले सामुदायिक वनका पदाधिकारी तथा उपभोक्तासमेत डढेलो नियन्त्रणमा सक्रिय रहेको जानकारी दिए ।

त्यसैगरी शुक्लाफाँट वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले आरक्षभित्र धेरै स्थानमा डढेलो लागेको बताए ।

‘तीस हजारदेखि तीन हजार ५०० हेक्टरसम्म डढेलो लागेको हाम्रो अनुमान छ,’ उनले भने, ‘हामीले पूर्वी र पश्चिम भागमा गरी दुई भागमा नियन्त्रण जारी राखेका छौँ ।’

त्यसका साथै डढेलो नियन्त्रणमा आरक्ष सुरक्षार्थ खटिएको नेपाल सेनाको भवानी बक्स गण पनि खटिएको छ ।

‘आज पनि तारापुर क्षेत्रमा डढेलो लागेकाले निभाउन पानीको ट्र्याक्टरसहित टोली खटिएका छौँ ,’ उनले भने, ‘डढेलो पूर्ण रुपमा नियन्त्रणमा लिन कठिन छ ।’

शुक्लाफाँटा आरक्ष ३०५ वर्ग किमीमा फैलिएको छ भने वन कार्यालयअन्तर्गत ८८ हजार हेक्टर वन क्षेत्र रहेको वन कार्यालय कञ्चनपुरले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?