+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

चट्याङ लागेर धनकुटामा पाँच घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १९ गते ७:५५
फाइल तस्वीर
फाइल तस्वीर

१९ वैशाख, काठमाडौं । धनकुटाको डाँडाबजारमा गए राति चट्याङ लाग्दा पाँच जना घाइते भएका छन् । चट्याङ्का कारण एक घरमा आगलागी समेत भएको छ ।

चट्याङ लागेर डाडाँबजार ७ का २६ वर्षीया मोहन मगर, सोही ठाउँकी ५५ वर्षीया भरत कुमारी बजगाँइ, २६ वर्षीया शर्मिला लिम्बु, सोही उमेरकी कोपिला विश्वकर्मा र ६ वषिर्य अशिम विश्वकर्मा घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

चट्याङका कारण स्थानीय टंक मगरको घरको विद्युत सर्ट भई उनको घरमा समेत आगलागी हुँदा फुसले बनेको एक तले घर तथा घरमा रहेको नौ सय वटा बोइलर कुखुरा जलेर मर्दा अन्दाजी चार लाख पचास हजार बराबरको क्षति भएको प्रहरीको भनाई छ ।

घाइते पाँचै जनालाइ उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?