+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

प्रचण्डको नाम नलिई बाबुरामले भने- हे भगवान मलाई मेरा मित्रहरुबाट बचाऊ

सरकार बनाउने र गिराउने भाँडाकुटी खेल !

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २२ गते १७:३०

Baburam bhattrai

२२ वैशाख, काठमाडाैं । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बनाउने अपील गरेको केही घण्टा नबित्दै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले यसलाई सरकार बनाउने र गिराउने भाँडाकुटी खेलको संज्ञा दिएका छन् ।

सरकार गिराउने र बनाउने खेलमा लागेका पुराना शक्तिहरुलाई भट्टराईले ‘पावर ब्रोकरहरु’ भनेका छन् । ‘यो पुरानै जानेमानेको खेल हो । ‘यसमा आश्चर्य मान्नुपर्ने केही छैन, खाली पात्र फेरिएका(थपिएका) छन्,’ डा. भट्टराईले फेसबुकमा स्टाटस लेखेका छन्,’ त्यसैले शायद भोल्टेयरले भनेका हुन्- ‘हे भगवान्, मलाई मेरा मित्रहरूबाट बचाऊ ! मेरा दुश्मनहरूको मुकाविला गर्न म आफै सक्षम छु !’

सरकार बनाउँदा पनि राष्ट्रियताको कुरा गर्नु र गिराउँदा पनि राष्ट्रियताको कुरा गर्नु दुःखद भएको भन्दै उनले लेखेका छन्-‘ दु:खद कुरा चाहिं ‘राष्ट्रियता’ जस्तो पवित्र कुरालाई यो फोहोरी खेलमा सधैं बली दिइन्छ ! पहिले ओली सरकार बनाउँदा पनि “राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा” निम्ति रे! अहिले सरकार गिराउँदा पनि उही ” राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा” निम्ति नै ? !

त्यसैले शायद भोल्टेयरले भनेका हुन्- ” हे भगवान्, मलाई मेरा मित्रहरूबाट बचाऊ ! मेरा दुश्मनहरूको मुकाविला गर्न म आफै सक्षम छु !”

यी पनि पढ्नुस्

प्रचण्डको नेतृत्वमा सरकार बनाउने एमाओवादीको औपचारिक निर्णय

प्रचण्ड पदको लोभमा परेको कमल थापाको आरोप, सरकार फेर्ने निर्णय पुनर्विचार गर्न आग्रह

यो वियोगान्त चिठी, जसले ओली-प्रचण्डको प्रेम टुटायो

प्रचण्डले सरकार फेर्ने कि आफैंलाई ऐनामा हेर्ने ?

महराको प्रश्न-ओलीकै सरकारमा हामी जेल जानुपर्ने हो र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?