१० जेठ, काठमाडौं । नेपालमा उपलब्ध सुजुकी गाडीको क्षमता मानक र इन्धन दक्षता तोकेको मापदण्ड अनुरुप रहेको कम्पनीले दाबी गरेको छ ।
नेपालका लागि सुजुकी गाडीको अधिकृत वितरक सिजी मोटोकर्पले नेपालमा उपलब्ध सुजुकी गाडी भारतमा निर्माण भएको र इन्धन दक्षता रिपोर्ट भारतको केन्द्रीय मोटर गाडी नियमावली १९८९ को नियम ११५ अनुरुप रहेको जनाएको हो ।
कम्पनीले थप अगि्रम प्रविधि र नवीनताको प्रयोगसँगै सुजुकी गाडी देशमा सबैभन्दा इन्धन कुशल र सबैभन्दा राम्रो प्रदर्शन युक्त भनेर चिनिएको जनाएको छ ।
सुजुकी मोटर्स सबैभन्दा ठूलो बिक्री नेटवर्क तथा उत्कृष्ट ग्राहक सेवासहित स्थापना भएको गाडी हो । नेपालमा पनि चार पाँग्रे सवारीमा सुजुकी सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल छ ।
कम्पनीका ३० वटा बिक्री सेल्स नेटवर्क र २० वटा सर्भिस नेटवर्क रहेका छन् । सुजुकीका अल्टो ८००, अल्टो के १०, सेलेरियो, वागेनर, स्वीफ्ट, स्वीफ्ट डिजायर, सियाज, एस क्रस, ओम्नी भ्यान लगायतका ४ पाँग्रे गाडीहरु रहेका छन् ।
कम्पनी हालैमात्र पि्रमियम हृयाचब्याकको बलेनो बजारमा ल्याएको छ । यो सुजुकीको सबैभन्दा बढी माग हुने कारको रुपमा स्थापित हुने देखिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4