Comments Add Comment

तीन करोड लगानीमा जापानमा नेपाली कलाकारले खोले ‘गीतगजल रेष्टुरेन्ट’

geetgajal resturent

टोकियो । जापानको राजधानी टोकियोस्थित सिनओकुबोमा कला क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका कलाकर्मीहरुको एक समूहले गीत गजल रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

नेपाली गीत गजलको तालसँगै हिमाली राष्ट्रहरुको स्वादमा रम्ने व्यवस्थानसहित सञ्चालनमा आएको ‘नमस्ते गीत गजल रेष्टुरेन्ट’मा करिब तीन करोड रुपैयाँ लगानी रहेको बताइएको छ ।

सन् २०११ मा गायक तथा संगीतकार इश्वर गुरुङको संयोजनमा स्थापना भएको नेपाल जापान साँस्कृतिक प्रतिष्ठानले उक्त रेष्टुरेन्टलाई सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानमा गुरुङसँगै गायक रामकृष्णबम मल्ल, गायक अमर गुरुङ, गायक सुदिन गुरुङलगायतको संलग्नता रहेको छ ।

प्रतिष्ठानले केही बर्ष पहिला जापानमा रोधीघर पनि सञ्चालनमा ल्याएको थियो तर सो रोधीघर हाल पूर्णरुपमा बन्द रहेको छ ।

१५० जनाको सिट क्षमतासहित फरक र नयाँ व्यवस्थापनमा सञ्चालन भएको नमस्ते गीत गजल रेष्टुरेन्टको बिहिबार एक समारोहका बीच जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनका केन्द्रिय उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका संस्थापक राजन प्रधानङ्ग, रेष्टुरन्ट सञ्चालक एवं गायक इश्वर गुरुङ, बक्सिङका विश्वबिजेता जापानी खेलाडी शिवाता कुनियाकी, प्राध्यापक उजवा योसोकाजु, संगीतकार शुष्मा ओमता मल्ल, गायक विजय लामा, भरत सिटौला, नायिका शुष्मा कार्की, साहित्यकार पिताम्बर चापागाईं लगायतले रिबन काटेर रेष्टुरेन्टको उद्घाटन गरेका थिए ।

दिनभरको थकितलाई संगीतको तालमा फरक फरक स्वाद लिने व्यवस्थासहित बिश्राम गर्ने चौतारीको रुपमा रेष्टुरेन्टलाई अगाडी बढाउने सञ्चालकहरुले बताएका छन् ।

त्यस्तै रेष्टुरेन्टबाट प्राप्त मुनाफाको केही प्रतिशत नेपाली भाषा, कला, साहित्य, संगीत, खेलकुद लगायत क्षेत्रको विकास तथा प्रर्बधनमा लगानी गर्ने उद्घोष गरेका छन् ।

कार्यक्रममा गायकद्व रामकृष्णबम मल्ल र अमर गुरुङले नेपालको राष्ट्रिय गान प्रस्तुत गरेका थिए भने जापानको राष्ट्रिय गान गायिका तथा संगीतकार सेको मेहेकोले गाएकी थिईन् ।

त्यस्तै कार्यक्रममा जापानका कोतो समूहले जापानी मौलिक बाजा, नाकानो काचुमीले अमेरिकाको स्थानियमा निकै चर्चित बाँसुरी धुन बजाएर कार्यक्रममा उपस्थित अतिथिहरु थप मनोरञ्जन प्रदान गरेका थिए । समारोहमा कार्यक्रम शिलशिलामा जापानमा रहेका गायकद्व विजय लामा, भरत सिटौला, नायिका शुष्मा कार्की र कल्चरल ग्रुप जापानको पनि आकर्षक प्रस्तुती रहेको थियो ।

नेपाल र जापान बीचको साँस्कृतिक सम्बन्धलाई बिस्तार गर्दै जापानमा क्रियाशिल नयाँ तथा पुराना श्रष्टासर्जकहरुलाई एकिकृत गरिने पनि प्रतिष्ठानका सदस्य गायक मल्लले बताए ।

रेष्टुरेन्टका लगानीकर्ता प्रतिष्ठानका सदस्यहरु, व्यावसायी बिजय थकाली, रबिन शेरचन, बिष्णु अर्याल, कुमार लामा, सिताराम के.सीलाई कार्यवाहक राजदूत राजभण्डारी र एनआरएन केन्द्रिय उपाध्यक्ष भट्टले खादा ओढाई बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment