+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
13/0 (1.5)
VS
चितवन राइनोज 2025
0/0
Shares

झमक घिमिरे प्राज्ञसभा सदस्यमा मनोनित, सरकारले दियो पाँच लाख उपचार खर्च

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २१ गते १४:३७

Jhamak-Ghimire

२१ असार, काठमाडौं । सरकारले साहित्यकार झमक घिमिरेलाई ५ लाख रुपैयाँ उपचार खर्च दिएको छ ।

घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’को हिन्दी संस्करण सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले घिमिरेलाई उपचार खर्च दिएको जानकारी दिएका हुन् ।

साथै घिमिरेलाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा मनोनित पनि गरिएको उनले जानकारी दिए ।

धनकुटामा जन्मिएकी घिमिरेको कृति जीवन काँडा कि फूलले ०६८ मा मदन पुरस्कार पाएको थियो । मष्तिस्क रोगबाट पीडित घिमिरे जन्मदेखि नै हिँडडुल गर्न र बोल्न समेत सक्दिनन् ।

खुट्टाको तीन औंला मात्र चल्ने उनले तीनै सहाराले लेखेकी उक्त पुस्तकमा घिमिरेले आफ्नो जीवनका पीडा र संघर्ष पोखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?