+

मेस्सीलाई स्पेनमा २१ महिना जेल सजाय सुनाइयो

२०७३ असार  २२ गते १६:४९ २०७३ असार २२ गते १६:४९
मेस्सीलाई स्पेनमा २१ महिना जेल सजाय सुनाइयो

Messi

२२ असार, काठमाडौं । स्पेनिस एक अदालतले कर छलीको अभियोगमा बार्सिलोनाका स्टार फुटबलर लिओनल मेस्सीलाई २१ महिना जेल सजाय सुनाएको छ ।

तर, उनी जेल जानु नपर्ने पनि हुनसक्छ ।

बार्सिलोनाको अदालतले कर छलीका तीन मुद्धामा मेस्सी र उनका बुबा जोर्जलाई समान २१ महिना पनि जेल सजाय सुनाइएको छ । साथै मेस्सीलाई २ मिलियन र जोर्जलाई डेढ मिलियन जरिवाना पनि तिर्न भनिएको छ ।

मेस्सी र उनका बुबामाथि २००७ देखि ०९ को अवधिमा ४.१ मिलियन युरो बराबरको कर नतिरेको अभियोग छ ।

मेस्सीको करियर
कीर्तिमानी पाँच पटक फिफा बालोन डि’ओर विजेता
तीन पटक यूईएफए उत्कृष्ट खेलाडी
बार्सिलोनाबाट चार च्याम्पियन्स लिग, ८ स्पेनिस ला लिगाको उपाधि
अर्जेन्टिनाका लागि सर्वाधिक ५५ गोल
अर्जेन्टिनाका लागि चार फाइनल खेले पनि ठूलो उपाधि दिलाउन असफल
हालै मात्र अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

तस्वीरको कपिराइटबाट आएको पैसा कर छलेर बेलिज र उरुग्वेमा जम्मा गरेको अभियोनकर्ताको दाबी छ । तर, अदालतमा उपस्थित भएका मेस्सीले यसबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।

जेल जानु भने नपर्ने !

Messi

स्पेनिस अनलाइन मार्काका अनुसार अदालतले २ वर्ष जेल सजाय सुनाइएपनि मेस्सी जेल जानु नपर्ने देखिन्छ । किनकी स्पेनिस कानुन अनुसार अपराधिक रेकर्ड नभएका व्यक्तिलाई २ वर्षभन्दा कम सजायमा जेल बस्नु पर्दैन । तर, आवधिक रुपमा अधिकारीहरु समक्ष उपस्थित हुनुपर्छ ।

साथै अदालतको फैसलाविरुद्ध स्पेनको सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।

बार्सिलोनाले आफ्नो पूर्ण समर्थन मेस्सी र उनको परिवारलाई रहेकको बताएका ेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय