+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तीन क्याम्पस उत्कृष्ट ठहरिए, शिक्षा दिवसमा पुरस्कृत गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २१ गते १७:२१
Janapriya-Multiple-Campus
जनप्रिय बहुमुखी क्याम्पस पोखराको भवन

२१ भदौ, काठमाडौं । काठमाडौं, पोखरा र इलामका तीन क्याम्पस उत्कृष्ट घोषित भएका छन् । काठमाडौंको कलेज अफ वायोमेडिकल इन्जिनियरिङ, पोखराको जनप्रिय बहुमुखी क्याम्पस र इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस उत्कृष्ट ठहरिएका हुन् ।

विश्वविद्यालय समन्वय समितिले यी तीन क्याम्पसलाई २०७२ सालको उत्कृष्ट ठहर गर्दै राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कार प्रदान गर्न शिक्षा मन्त्रालयमा सिफारिस गरेको प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र ढुंगेलले जानकारी दिए ।

वायोमेडिकल इन्जिनियरिङ क्याम्पस पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी क्याम्पस हो ।

यसैगरी जनप्रिय बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायीक क्याम्पस हो भने महेन्द्ररत्न बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?