+
+

इलाकालाई ब्यूँताउने सहमतिमा राप्रपा नेपालको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १० गते १०:१३

kamal thapa१० असोज, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन दलबीच भएको स्थानीय निकायबारेको सहमतिमा आपत्ति जनाएका छन् । तीन दलबीच आइतबार इलाका संरचना व्यूँताउदै निर्वाचनमा जाने सहमति भएको थियो ।

अध्यक्ष थापाले कांग्रेस, एमाले, माओवादी केन्द्रबीच भएको इलाकालाई ब्युँताउने सहमति आफ्नो दललाई मान्य नहुने बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत थापाले असन्तुष्टि जनाउँदै तीन दलको निर्णयलाई ‘सिण्डिकेट’ भनेका छन् । ‘यो समाचार सत्य हो भने राप्रपा नेपालाई स्विकार छैन । संविधान र आयोगको कार्यमा हस्तक्षप गर्ने अधिकार सिण्डिकेटलाई छैन ।’ थापाले ट्वीटमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?