Comments Add Comment

उपत्यका बाहिर १०० सरकारी बस चलाउन प्रधानमन्त्रीको निर्देशन

Pm-Prachanda

१६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाबाहिर १०० सरकारी बस सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।

दशैं, तिहार, छठ लगायतका पर्वहरुलाई मध्यनजर गरी उपत्यकादेखि देशका प्रमुख शहरहरु र जिल्ला सदरमुकामसम्म सर्वसाधारणको यातायात आवगमनलाई सहज बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

उनले मन्त्री लेखकलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारका विभिन्न निकाय, प्याब्सन, एनप्याब्सन लगायतका संस्थासँग समन्वय गरी बसको प्रबन्ध गर्न भनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment