+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्रीलाई तामाकोसीमा विन्तीपत्र, दिक्तेलमा लठ्ठी

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २३ गते २०:४०

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार विभिन्न आयोजनाको निरीक्षण भ्रमणमा निस्किए । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसहित दोलखाको लामाबगर पुगेका प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना निरीक्षण गरे । त्यसक्रममा उनलाई लामाबगरबासीले ज्ञापन पत्र बुझाएका छन् ।

walking-stick-finalआयोजना निर्माण कम्पनीसँग सुरुङ खन्ने उपकरण पनि भएको भन्दै लामावगरबासीले ५ किलोमिटर सुरुङ खने चीनसँग जोडिन्छ भनेर विन्तीपत्र हालेका छन् ।

जवाफमा प्रधानमन्त्रीले ‘विन्तिपत्र’ शब्द बदल्न आग्रह गरे । उनले भने, ‘राजा महाराजा हुँदा विन्त्रीपत्र भनियो । जनताकै छोराछोरी प्रधानमन्त्री, मन्त्री भएको बेलामा त ज्ञापन पत्र, ध्यानाकर्षण पत्र भन्ने हो ।’

उनले अघि भने, ‘विन्तिको जमाना गए, मेरो तपाईहरुलाई अनुरोध छ, विन्ति होइन ज्ञापन गर्ने हो ।’

उनले लामावगरबासीको माग सम्बोधन गर्न सम्भव भएसम्म पहल गर्ने आश्वासन दिएका छन् ।

लामाबगरपछि प्रधानमन्त्री प्रचण्डसहितको टोली हेलिकोप्टरमार्फत् खोटाङको दिक्तेल पुगेको छ । त्यहाँ प्रधानमन्त्री प्रचण्डलाई जिल्लाबासीको तर्फबाट भन्दै बुढेसकालमा टेक्ने घंगारोको लठ्ठी उपहार दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?