
१२ मंसिर, काठमाडौं । ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुप्पेको टिकट काटद्छ…।’ एक समयको निकै चर्चित यो गीत सांगीतिक धुन बिनै आइतबार पुल्चोकस्थित साझा यातायतको प्राङ्गणमा गुञ्जियो ।
गीत गाउने अरु कोही नभएर स्वयम् हरिवंश आचार्य नै थिए । साझा बसको उतार चढावलाई नजिकबाट देखेका मदनकृण श्रेष्ठ र हरिवंश आचार्य साझाको ३० वटा नयाँ बस उदघाटन गर्ने कार्यक्रममा थिए ।
वक्ताका रुपमा स्टेजमा निम्त्याइएका मह जोडीले साझा यातायातको सफलताको कामना मात्रै गरेनन्, कार्यक्रममा उपस्थित प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरुलाई तिखो ब्यङ्ग्य पनि प्रहार गरेका छन् ।
मदनकृष्णले साझा बसमा ढुंगा नहान्न राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई अपील गरे । ‘साझा बस त बन्दमा पनि गुड्छ,’ श्रेष्ठले भने, ‘यो जनताको सेवा गर्ने साझालाई ढुंगा हान्नु भएन ।’ आफूले १० पैसादेखि चढेको साझा बसको भाडा १५ रुपैयाँसम्म पुगेको बताउँदै उनले यो भन्दा नबढ्ने वातावरण बनाउन आग्रह गरे ।
हरिवंशले ब्यङ्ग्य कस्दै भने, ‘अब कांग्रेस, एमाले र माओवादीका नेता पनि माइक्रोबाट लड्नुपर्यो । पजेरोबाट लड्दा जनता खुसी हुँदैनन्
मदनकृष्णपछि पालो आयो हरिवंश आचार्यको । साझाले पञ्चायत, बहुदल र गणतन्त्र तीनै व्यवस्था भोगेको भन्दै उनले भने, ‘अब अर्को व्यवस्था भोग्नु नपरोस् ।’
५ सय वटा साझा बस देशभरि चल्नुपर्ने भन्दै उनले चित्रबहादुर केसी माइक्रोबाट लडेको उदाहरण दिँदै अरु नेताले त्यसबाट सिक्नुपर्ने बताए । ‘चित्रबहादुर केसी जी माइक्रोबाट लडेर घाइते हुनुभयो । उहाँ घाइते भएको खबर फेसबुकभरी भाइरल छ,’ हरिवंशले ब्यङ्ग्य कस्दै भने, ‘अब कांग्रेस, एमाले र माओवादीका नेता पनि माइक्रोबाट लड्नुपर्यो । पजेरोबाट लड्दा जनता खुसी हुँदैनन् । जनता खुसी बनाउन बसबाटै लड्नुपर्छ ।’
भिडियो हेर्नुस्
हरिवंश आचार्यले जनतालाई एकतामा बाँध्न र नेताहरु पनि एकआपसमा मिल्न प्रतिकात्मक सन्देश मात्रै दिएनन्, महंगा प्राडो पजेरो गाडी चढ्नुभन्दा सार्बजनिक बसमा यात्रा गरेर देशको ढुकुटी बचाउन सुझाव दिए । सर्बसाधारण जनतासँगै सार्बजनिक बसमा यात्रा गर्दा जनताका भावनाहरु पनि बुझ्न सकिने आचार्यको संकेत थियो ।
‘मह जोडीले सरकार र पार्टीहरुलाई खलासी भन्नुभो मैले के ठानेको छु भने म अहिले खलासी नै छु,’ प्रधानमन्त्री प्रचण्डले भने
उनले सबै ठूला पार्टीले देश चलाइसके को बताउँदै अब ‘खलासी’ले देश चलाउनुपर्ने बताए । ‘खलासीले ठूलो भीडलाई पनि बसभित्र कसरी मज्जाले मिलाएर राख्छ, सबै जातजाति, भाषभाषी, क्षेत्र र वर्गका मान्छे गज्जबले मिलेर बस्छन्,’ आचार्यले भने, ‘हो अब देश चलाउन त्यस्तै ‘खलासी’ को आवश्कता छ ।’
नेताहरुले विकासका कामका लागि सिन्को नभाँचेकोप्रति ब्यङ्ग्य कस्दै काठमाडौंको सडकमा अब गुड्ने नभइ उड्ने बस ल्याउन आग्रह गरे । ‘बाटोको हालत देखेकै छौं, भुटान बाहेक दक्षिण एसियाका सबै देशमा फ्लाइ ओभर बनिसके, हामीले फ्लाइओभर बनाउन सकेनौं,’ आचार्यले भने, ‘यही पारामा काम भइरह्यो भने त अब साझाले गुड्नेभन्दा पनि उड्ने बस पो ल्याउनुपर्छ होला ।’
मह जोडीको तिखो ब्यङ्ग्यले कार्यक्रममा उपस्थित पाहुनामात्रै होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मज्जैले हाँसे ।
र, आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले आफू ‘खलासी’ नै भएको बताए । ‘मह जोडीले सरकार र पार्टीहरुलाई खलासी भन्नुभो मैले के ठानेको छु भने म अहिले खलासी नै छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
संविधान संशोधनको प्रयासतर्फ संकेत गर्दै उनले भने, ‘बल गरिरहेको छु कि सबै मिलेर बसौं । तपाईहरुले पनि मिलेर बस्न सहयोग गर्नुस् ।’
थप के भने प्रधानमन्त्रीले ? भिडियो हेर्नुस्
यो पनि पढ्नुहोस्
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4