+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
11/0 (1.6)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

ओलीले प्रचण्डलाई भने- मैले भिड्न आऊ भन्न मिल्दैन, सम्हालिएर बोल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १९ गते २०:५७

१९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्हालिएर अभिव्यक्ति दिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।

देशलाई माया गरौं भन्दा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले वाइसीएल लगाएर प्रतिकार गर्ने धम्की दिन थालेको आरोप ओलीले लगाए ।

‘देशभक्तहरुविरुद्ध उत्रिन प्रधानमन्त्रीले उक्साउँदै हुनुहुन्छ,’ बुधबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले भने, ‘मैले प्रधानमन्त्रीलाई आउन त भिडौं भनेर भनिहाल्न मिल्दैन तर, उहाँले बुझेर सम्हालिएर बोले हुने हो ।’

‘हामीले त वाइसीएललाई लुटेर नखाऊ भनेको हो तर, प्रधानमन्त्रीले प्रतिकारमा उत्रिन उक्साउँदै हुनुहुन्छ,’ उनले भने ।

नेकपा एमालेको तराई मधेस केन्द्रित अभियानबारेल जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले चुनाव नचाहेको बताए । चुनावको सन्दर्भमा कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरु म कुटे जस्तो गर्छु, तँ रोय जस्तो गर् भन्ने ढंगबाट अघि बढेको भन्दै ओलीले भने, ‘उनीहरुको मिलेमतो छ, तमासा गरिरहेका छन् ।’

चुनावको घोषणा नगर्न मधेसी मोर्चाले सरकारलाई दबाव दिइरहेको र चुनावको मिति घोषणा गरे बाह्य शक्ति लगाइदिने धम्कीसमेत दिइरहेको दाबी ओलीले गरे ।

अहिले सरकार आफै प्रतिपक्ष पनि हुन खोजिरहेको भन्दै ओलीले भने, ‘लेखा समितिको सभापति प्रतिपक्षलाई नदिनु भनेको त्यही संकेत हो ।’

सत्तारुढ दलहरु सरकारमा टिकिरहन जे पनि गर्न तयार रहेको ओलीले दाबी गरे । उनले भने, ‘म सुन्दै छु ढुवानी खर्चको नाममा १ अर्ब ९४ करोड रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने बनाउँदै हुनुहन्छ । शासनमा टिक्न जे पनि गर्ने लम्पसारवादको सक्कली नमूना हो यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?