५ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्रीले मंगलबार बिहान नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दीलिप रेग्मीलाई बालुवाटार बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।
भेटमा प्रधानमन्त्री दाहालले बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएका हुन् ।
प्रधानमन्त्री दाहालले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा प्रमूखहरुलाई निर्देशनसमेत दिएका छन् ।
भेटमा सुरक्षा निकिायका प्रमुखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराएकाथिए ।
प्रतिक्रिया 4