Comments Add Comment

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ अभियान सम्पन्न

'यो सुरुवात हो, सफाई धेरै ठाउँमा गर्न बाँकी छ'

१६ साउन, काठमाडौं । एक महिनाअघि सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सरसफाइ अभियानको सोमबार समापन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)ले सुरु गरेको उक्त अभियान एक महिनापछि सोमबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा एनआरएनएका बरिष्ठ उपाध्यक्ष भवन भट्ट, सफाइ अभियन्ता खेम शर्माको उपस्थिति रहेको थियो ।

एनआरएनएले एक महिनासम्म बिमानस्थलको आधुनिक तथा गुणस्तरिय सरसफाइ गरी पर्यटकको आगमनलाई सहज बनाउनका लागि अतिथि देवो भव अभियान अन्तर्गत सरसफाइ अभियान सुरु गरेको थियो ।

एनआरएनएका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भवन भट्ट, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायबाट हस्ताक्षरित सहमति बमोजिम आज भन्दा एक महिना अघि अर्थात जुलाई १ मासरसफाई अभियान सुरु भएको थियो ।

संस्थाले विमानस्थल कार्यालयलाई सरसफाइ सामग्री तथा प्रविधिहरु समेत हस्तान्तरण गरेको छ ।

एक महिनाको अवधिमा विमानस्थलको मुहार नै परिवर्तन भएको छ ।

स्वयमसेवक, कर्मचारी र प्राविधिकहरूलाई सम्मान

समापन कार्यक्रममा उक्त अभियानमा खटिने स्वयमसेवक, कर्मचारी तथा प्राविधिकहरुलाई संयुक्त रुपमा खादा, माला लगाएर बरिष्ठ उपाध्यक्ष भट्टले सम्मान गरेका छन् ।

कार्यक्रममा एनआरएनए बरिष्ठ उपाध्यक्ष भट्टले नेपालको प्रवेशद्वारनै विमानस्थल भएकोले यसको सरसफाइ सबैको जिम्मेवारीभित्र पर्ने बताउँदै यो एक महिनामा विमानस्थलको मुहार साँच्चिकै परिवर्तन भएको आफूले पाएको बताए । ‘विदेशमा हुँदा मलाई ठूलो कौतुहलता थियो, सफाइ अभियानपछि विमानस्थल कस्तो भयो होला भनेर, आज म विमानस्थलमा ओर्लिनेवित्तिकै एक चरण सरर निरिक्षण गरेको त, विमानस्थल साँच्चिकै चम्किएछ,सबै टल्किएको देखें, म निकै खुशी छु, काम सानै हो, तर यसले अन्र्तराष्ट्रिय स्तरमा नेपालको राम्रो छवि बनाउन सफल भएको छ,’ उनले भने,’ म खेमजी र उहाँको टिमलाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रममा नागरिक, उड्डयन तथा पर्यटनमन्त्री जितेन्द्र नारायण देवले अभियानले नेपालको त्रिभुनव विमानस्थलको मुहार फेरेको आफूले तस्विरमार्फत थाहा पाएको भन्दै भिडियोमार्फत बधाई तथा धन्यवाद दिएका थिए ।

त्यस्तै मन्त्री देवले आफूले अभियानमा जस्तोसुकै सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

सफाइ अभियानका अभियन्ता एवम् गैरआवासीय नेपाली संघ अष्टे्रलियाका नेता खेम शर्माले सबैको साथ र सहयोगबाट अभियान सफल भएको बताउँदै सबैमा धन्यवाद ज्ञापन गरे ।

त्यस्तै उनले आफू लगायत अभियानमा संलग्न भोलुन्टियर्स, प्राविधिकहरुले चार हजार पाँच सय घण्टा श्रमदान गरेको जानकारी दिए  । शर्माले यो एक महिनाको अवधिमा आफूहरुले काठमाडौं सुत्ने वित्तिकै विमानस्थल सफाइमा जुट्ने गरेको अनुभव सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment