+
+

रूपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा विजयी

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ मंसिर २४ गते १८:०८

२४ मंसिर, बुटवल । रूपन्देहीको क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका हुन् ।

उनी ३४ हजार १ सय ५१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

विश्वकर्माका प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका अब्दुल रज्जाकले २६ हजार ७ सय ७१ मत ल्याएका छन् ।

वर्तमान खानेपानी तथा सरसफाइ राज्यमन्त्री रज्जाकलाई हराउँदै विश्वकर्माले रुपन्देही १ मा एमालेलाई कमब्याक गराएका छन् ।

२०७० संविधानसभा निर्वाचनमा यी दुवै अनुहार चुनावी मैदानमा थिए । र, कांग्रेसका रज्जाकले बाजी मारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?