+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘गोरे’को शिर्ष गीत रिलिज, दीलिप र अनुको देखियो प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २६ गते १०:१५


करिअर ओरालो लागेपछि अमेरिका हानिएका पुराना नायक दिलिप रायमाझी अझै अभिनयको मोहवाट टाढिन सकेका छैनन् । श्रीमति र छोरीलाई अमेरिकामा सेटल गराएका दिलिपको भने नेपाल आउजाउ जारी छ ।

‘दर्पणछायाँ’ जस्तो सुपरहिट चलचित्रमा अभिनय गरेका दिलिप पछिल्लो समय साना ब्यानरका चलचित्रमा ब्यस्त छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘गोरे’ प्रदर्शनको तयारीमा छ । उक्त चलचित्रको शिर्ष गीत सार्वजनिक भएको छ ।

चलचित्रको शिर्ष गीतमा दिलिप रायमाझी एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा नायिका अनु शाहसँग रोमान्टिक मुडमा देखिएका छन् । ‘गोरे गोरे’ बोलको गीतमा बिकाश चौधरीको संगीत, रन्जीत कुमार सहनीको आवाज र शंकर अधिकारी घायलको शव्द छ ।

रामेश कुमार राइको निर्देशन रहेको यस चलचित्रले दीलिपको अस्ताउँदो करिअरलाई उठाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?