+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

म्यादी प्रहरीलाई कालीकाेटमा गोली ! काभ्रेमा नगदसहित सम्मान

रामसुन्दर आचार्य रामसुन्दर आचार्य
२०७४ पुष ७ गते १९:१४

७ पुस, काभ्रे । बिभिन्न जिल्लामा म्यादी प्रहरीमाथि गोली र लाठी प्रहारका समाचार आइरहेका बेला काभ्रेपलान्चोकमा भने सम्मान र नगद पुरस्कार सहित म्यादीलाई बिदाई गिरिएको छ ।

कालिकोटमा आफ्नो तलब कटौती गरिएकोमा विरोध जनाउँदा एक जना म्यादी प्रहरीले ज्यान गुमाउनु पर्‍यो । दोलखामा लाठी प्रहार भयो । तर, काभ्रेमा भने उत्कृष्ट काम गरेको भन्दै ४ जना म्यादी प्रहरी नगदसहित सम्मानित भएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काभ्रेमा खटिएका म्यादी प्रहरी मध्ये उत्कृष्ट काम गर्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेले नगदसहित सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा अस्मिता अधिकारी,स्वस्तिका बर्तौला, सनिप्रसाद श्रेष्ठ र उमा रम्तेल छन् ।

‘केही समय भएपनि सरकारी सेवा गरेर विदा भएका म्यादी प्रहरीहरुलाई आगामी दिनमा कामको सम्मान हुने भएकाले उत्कृष्ट काम गर्नेलाई सम्मान गरेका हौं’, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापाले अनलाइनखबरसँग भने ।

काभ्रेमा १५ सय १६ म्यादी प्रहरी कार्यरत् थिए । उनीहरुलाई सम्मानका साथ बिदाई गर्दा परिवारका सदस्य छुटेको जस्तो अनुभुति भएको बताए ।

यसपटक काभ्रेमा देशकै चर्चित गुण्डा नाइके गणेश लामासहित बाहुबली उम्मेदवारहरु रहेका कारण हिंसात्मक चुनाव हुने आशंका थियो । तर, काभ्रेका प्रहरी प्रमुख सहकुल थापाले कुनै घटना हुन नदिई शान्तिपूर्ण चुनाव गराउन सकिएको बताए ।

याे पनि पढ्नुस् 

कालीकोट तनावग्रस्त, प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?