+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

करुणा कुँवरबाट आफ्टर प्लेसम्बन्धी सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २४ गते १२:५१

म २७ वर्षीय एक जिम्मेवार श्रीमान् हुँ । विवाह भएको दुई वर्ष भयो । सन्तान छैनन् । व्यापारी भएका नाताले केही व्यस्त छु । पैसा कमाएर मात्र सन्तान जन्माउने कुरामा हामी श्रीमान्-श्रीमती सहमत   छौं । पारिवारिक जीवन राम्रै चलिरहेको छ ।

यति हुँदा हुँदै पनि यौन क्रियापश्च्यात उनी सधैं रुने गर्छिन् । पहिले यो कुरा मलाई थाहा थिएन । एक वर्षअघिको कुरा हो । हामीले नियमित झैं यौनक्रिडा गरिसक्यौं । म अर्कोतिर फर्केर सुतिहालेँ । केही समयपछि उनले बत्ति बालिछिन् । त्यसपछि मलाई हेर्दै रुन थालिछिन् । उनी रोएको सुनेर म ब्युजिएँ । रातको १२ बजेको थियो । उनी किन रोइन, थाहा हुन सकेन ।

अर्को दिनपछि उनी प्रायः यौन सम्पर्कपछि मलाई थाहा नदिइ रुने गर्छिन् । कुनै दिन मैले थाहा पाएर किन रोएकी, मैले केही गरेँकी भनेर सोधेँ भने केही होइन भन्छिन् । कुनै दुःख दिए जस्तो पनि लाग्दैन । उनको कसैसँग प्रेम थियो कि भनेर सोध्दा ‘त्यस्तो केही छैन’ भन्छिन् । केवल मलाई माया गर्नुहुन्न, तपाईं स्वार्थी हुनुहुन्छ भनेर दुःख मनाउ गर्छिन् । जवकी मेरो पनि माया गर्ने उनी बाहेक कोही छैन भन्ने उनलाई राम्रोसँग थाहा छ ।

उनी २५ वर्षे स्वास्थ युवती हुन् । उनलाई के भएको हो ? यस्तो अवस्थामा मैले के गर्नुपर्छ ? उचित उपायको खोजीमा छु । – नन्द (नाम परिवर्तन)

नन्द जी, तपाईको प्रश्नसँग जोडिएको पारिवारिक सम्बन्धको कुरा सुन्दा तपाईंको जोडी नेपालको सन्दर्भमा राम्रो जोडीमा गन्न सकिन्छ । तपाईंहरुले सल्लाह गरेरै पैसा कमाए पछि सन्तान जन्माउने निधो गर्नुभएको छ । तपाईं ब्यापारमा संलग्न हुनुहुन्छ र रातदिन मेहेनत गरिरहनु भएको छ । यो राम्रो लक्षण हो । तर तपाईंको पारिवारिक जीवनका सम्बन्धमा उचित ज्ञानको अभावमा केही समस्या आएको बुझ्न सकिन्छ ।

वैवाहिक जीवनमा मुख्यतः तीन महत्वपूर्ण पाटा हुन्छन् । पहिलो हो, प्रेम, दोस्रो हो आर्थिक अवस्था र तेस्रो हो यौनको व्यवस्थापन ।

तपाईंहरुको जीवनमा प्रेम देखिन्छ भन्ने कुरा तपाईंका कुराहरुबाट थाहा हुन्छ । व्यवशायमा संलग्न भएर आफ्नो र पारिवारिक अवस्थाको ख्याल गरिरहनु भएको छ र पछिसम्मको आर्थिक योजना पनि बनाउनु भएको छ भन्ने कुरा पनि थाहा भयो । समस्या केवल यौनको व्यवस्थापनमा देखिन्छ ।

मानव जीवनमा प्रेम र आर्थिक व्यवस्थापनका बारेमा सबैले सल्लाह दिन्छन् । तर ती सल्लाह विज्ञबाट लिने गरिदैन । यहि कारण ती कुरामा पनि समस्या आउने गरेको छ । तर ती दुई कुरा जोसँग पनि सल्लाह लिन र दिन सकिन्छ । यसमा लोकलाजको कुरा आउँदैन । तर यौन व्यवस्थापनका विषयमा जोसुकै सँग कुरा गर्न सकिदैन । कुरा गरे पनि सल्लाह दिने व्यक्ति विज्ञ हुँदैन । यहि कारण पनि मानिसमा यौन समस्याका विषयमा धेरै जिज्ञासा हुने गरेको मैले पाएकी छु । तपाईंको समस्या पनि यहीँनेर छ भन्ने मेरो ठहर छ ।

तपाईंको प्रश्न यौन व्यवस्थापनको एउटा सानो समस्यासँग केन्दि्रत छ । त्यो समस्या हो, आफ्टर  प्लेसम्बन्धी समस्या । आफ्टर प्ले भन्नाले शारीरिक क्रियामा दुबै सन्तुष्ट भएपछि केही बेर गरिने रमाइलो कुराकानी र एक अर्कालाई दिने धन्यवादलाई बुझाउँछ । जब महिला-पुरुष शारीरिक सम्पर्कबाट छुट्टिन्छन्, उनीहरु यौन क्रिया सकियो भन्ने बुझ्छन् । यहि कारण आफ्नो स्वाभाव अनुसार कोही तुरुन्तै सुत्छन् । कोही इन्टरनेट चलाउन थाल्छन् भने कोही पुस्तक पढ्न तिर लाग्छन् । दिउँसो शारीरिक क्रिया भएको अवस्थामा दुबैजना काममा जान हतारिन्छन् ।

शारीरिक क्रिया सकिएपछि आफ्नो काम गर्नैपछृ । ती काम आफ्नो स्वाभाव अनुसार गर्नु सामान्य नै हो । तर तपाईं आफ्नो काममा निस्कनुअघि वा आफ्नो काम गर्नुअघि केही मिनेट पर्खनू पर्छ । शारीरिक क्रिया सकिएपछि एक अर्काका अङ्गलाई माया गर्ने, एक अर्कालाई धन्यवाद दिने वा शारीरिक सम्पर्कमा रहँदा एक अर्काको बलको, पौरुषत्वको, सौन्दर्यको, व्यवहारको प्रसंसा गर्ने काम गर्नुपर्दछ । तर यो बनावटी हुनुहुँदैन । शारीरिक क्रियामा आफूले महसुस गरेको आनन्द, आफूले महसुस गरेको तृप्ति बाँड्नु पर्छ । शारीरिक क्रियामा रहँदा हरेक मानिसले अरु बेलाको तुलनामा फरक व्यवहार देखाउँछ । त्यो फरकपनालाई कहिले जिस्क्याउन सकिन्छ, कहिले त्यसैमा रमाइलो भयो भन्दै धन्वाद दिन सकिन्छ । अथवा त्यो बेला आफूलाई लागेको राम्रो कुराको सेयरिङ् गर्न सकिन्छ । कुनै कुरा चित्त बुझेन भने त्यो  कुरालाई अर्को पल्ट नदोहोर्‍याउन अनुरोध गर्न सकिन्छ । र, अर्कोले त्यो कुरालाई महसुस गरेर नदोहोर्‍याउने प्रण गर्न सकिन्छ ।

यस्ता आन्तरिक क्रिया विभिन्न हुनसक्छन् । मानिसको स्वभाव अनुसार आफ्टर प्ले फरक फरक हुन्छन् । तर आफ्नो जोडीलाई मनपर्ने काम केही मिनेटको लागि गर्नैपर्ने हुन्छ । तपाईंका दिनभरिका सयौं मिनेट मध्ये शारीरिक सम्पर्कपछिका केही मिनेट यो कामलाई छुट्याउनै पर्ने हुन्छ ।

तपाईंको प्रश्नअनुसार जब तपाईं श्रीमतीसँग शारीरिक क्रिया सक्नुहुन्छ, थाकेर आएका कारण तुरुन्तै सुतिदिनु हुन्छ । जवकी घरमा तपाईंलाई कुरेर बसेकी श्रीमतीमा आफ्टर प्लेको चाहाना सल्बलाइ रहेको हुन्छ । यो काम पूरा नगरी तपाईं निदाउँदा उनीलाई पीडा हुनु स्वाभाविक हो । जहाँसम्म उहाँले किन तपाईंलाई यी कुरा भन्नु भएन भन्ने प्रश्न छ, यसमा के भन्न सकिन्छ भने उहाँलाई पनि आफ्टर प्लेको अभावमा उहाँलाई रुन मन लागेको हो भन्ने कुरा थाहा नहुन सक्छ । के कारणले म दुःखी भएँ थाहा हुँदैन तर उहाँलाई रुन मन लागेर आउँछ । निद्रा लाग्दैन र उहाँ राती रुन थाल्नुहुन्छ । जब उहाँ रोएको थाहा पाउनु भयो, त्यो बेला सायद तपाईंले  फकाउनु भयो होला । त्यसपछि उहाँ तृप्त भएर सुत्नु भयो । यसरी उहाँ रुनु र फकाउनुले पनि आफ्टर प्ले र प्रेमको अभाव पूर्ति गरेको हुन सक्छ ।

ठ्याक्कै उहाँ रुनूको कारण के हो मनोविज्ञसँग सम्पर्क राख्नु भयो भने केही घन्टाको परीक्षण र कुराकानीबाट थाहा पाउन सकिन्छ । त्यसका लागि भने मनोविद्सँग परामर्श गर्न सक्नुहुन्छ । हालका लागि माथि भनिएका कुरालाई प्रयोग गर्नु भयो भने सायद यो समस्या कम भएर जान्छ ।

(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए पारिवारिक मनोपरामर्शदाता तथा याैन मनोबिज्ञ करुणा कुँवरलाई sanibar@onlinekhabar.com मार्फत प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ अनलाइनखबरमा हरेक साता छापिनेछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?