+
+

संखुवासभामा जिप दुर्घटनाः गाउँपालिका अध्यक्षसहित ६ जनाकोे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३० गते १९:२६
खड्ग कटुवाल

३० पुस, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको छ ।

खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरकाे जीप मकालु गाउँपालिका-३, सामाटारमा सडकबाट ९ सय मिटर तल बरूण नदी  किनारमा खसेकाे थियाे ।

दुर्घटनामा मृतकहरुमध्ये नुस निवासी कटुवाल र अर्का व्यक्ति साेही गाउँपालिकाकाे गाेलेचाैरका सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जाेशीले अनलाइनखबरलार्इ बताए ।

अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाकाे टाेली घटनास्थलतर्फ गइरहेकाे उनले बताए ।

स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । जीपमा गाउँपालिकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए ।

उनीहरू जिल्ला समन्वय समितिकाे अायाेजनामा भएकाे एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएकाे जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?