+
+

दयारामको कविता संग्रह सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १९ गते १५:००


चलचित्र निर्देशक दयाराम दाहालले अब कविता लेखनमा पनि अगाडि सरेका छन् । उनले चलचित्रमा कथा, गीत यसअगाडि नै लेख्दै आएका थिए । तर, उनले अब ‘शब्द संग्राम’ नामक कविता संग्रह नै बजारमा सार्वजनिक गर्दै आफूलाई कविका रुपमा पनि परिचित गराएका छन् । काठमाण्डौमा आयोजना भएको कार्यक्रममा रक्षामन्त्री इश्वर पोख्रेलले उनको कविता संग्रहको विमोचन गरेका छन् ।

साथमा, संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार रोचक घिमिरे, गजलकारकार डाक्टर कृष्णहरि बराल, निर्देशक यादव खरेलले उनको पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले दयाराम दाहाल नेपाल चलचित्र क्षेत्रका लागि एक गरुङ्गो नाम भएको बताए ।

डिकुरा पब्लिकेशनले प्रकाशित गरेको यो कविता संग्रहमा चलचित्र क्षेत्रको सुरुवाती कालखण्डदेखि बर्तमान अवस्था सम्मका कुराहरु उतारेका छन् । उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘रानी’ केहि महिना अगाडि मात्र प्रदर्शनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?