+
+
Shares

प्रधानमन्त्रीलाई देजमोको ९४ बुँदे ज्ञापनपत्र, बालकृण ढुंगेललाई रिहा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २५ गते १६:३८

२५ फागुन, काठमाडौं । बैद्य माओवादीसम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ९४ बुँदे ज्ञापनपत्र बुझाएको छ । देजमोका अध्यक्ष सीपी गजुरल सहितको टोलीले बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा १९५० को सन्धी खारेजीदेखि कालोबजारी तथा महंगी नियन्त्रणसम्मका माग राखिएको छ । साथै जनयुद्धकालिन मुद्धाहरुलाई ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ बाट समाधान गर्ने सहमति कार्यान्वयन गर्न र जेलमा रहेका बालकृष्ण ढुङ्गेल लगायतको मुद्दा फिर्ता गरी रिहा गर्न माग गरिएको छ ।

आफ्ना मागहरुलाई पुरा गर्ने प्रक्रिया अघि नबढाए सङ्घर्षका कार्यक्रम अघि सार्ने उसको चेतावनी छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री अोलीले केही वर्षपछि यस्ता विज्ञप्ति लिएर हिँड्नु पर्ने दिन नअाउने बताए । देशभक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई लक्षित गर्दै प्रधानमन्त्रीओलीले भने, ‘केही वर्षपछि यस्ता ज्ञापनपत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?