३० फागुन, काठमाडौं । असाधारण क्षमताका धनी प्रख्यात बैज्ञानिक स्टिफन हकिङ अब रहेनन् । ७६ वर्षको उमेरमा उनको मंगलबार निधन भएको छ । यहाँ हामी हकिन्सका बारेमा केही रोचक तथ्यहरु संग्रह गरेर प्रस्तुत गर्दैछौं:
१. हकिङको जन्म ८ जनवरी, १९४२ मा भएको थियो, जुन दिन ग्यालिलियोको मृत्युको ३०० औं वार्षिकी थियो ।
२. उनी नौ वर्षका हुँदा आफ्नो कक्षामा सबैभन्दा खराब विद्यार्थीको र्यांकमा परेका थिए । तैपनि उनका शिक्षकहरुले सोच्ने गर्थे कि उनी बुद्धिमान छन् र भविष्यमा आफ्नो प्रतिभाले संसारलाई अचम्भित तुल्याउनेछन् ।
३. उनको निकनेम ‘आइन्सटाइन’ थियो ।
४. जब उनी २१ वर्षका थिए, छुट्टी मनाउन घर आउँदा एक दिन उनी सिँढी ओर्लनले क्रममा उनी बेहोस भएका थिए । डाक्टरकहाँ लगिँदा उनलाई कमजोरी भएको बताइएको थियो ।
तर, मोटर न्यूरोन नामक आनशुवंशीक रोग लागेको पत्ता लाग्यो । त्यतिबेला डाक्टरहरुले उनी दुई वर्ष मात्र बाँच्न सक्ने बताएका थिए । यस रोग लागेको मानिसहरुको विस्तारै सबै अंगले काम गर्न छोड्ने र श्वास नली पनि बन्द हुने बताइएको थियो । तर, आश्चर्यजनकरुपमा उनी ७६ वर्ष बाँचे ।
५. हकिङ पूर्णरुपमा अशक्त थिए तर, आवाज निकाल्ने उपकरणको मद्दतले उनी संवाद गर्ने गर्थे । उनी एक मिनेटमा १५ शब्दसम्म बोल्न सक्थे ।
६. उनले एउटा बाल पुस्तक पनि लेखेका छन् जसको नाम हो, ‘सेक्रेट कि टु द युनिभर्स’ ।
७. उनले दुईपटक विवाह गरे र दुवै बिहे डिभोर्समा टुंगिएका थिए । दुई श्रीमतीबाट उनका तीन बच्चा भएका छन् ।
८. हकिङले आफ्नो रिसर्चको अत्यधिक समय ब्ल्याक होल र स्पेस टाइमका सिद्दान्तहरुमाथिको शोधमा बिताए । यस सम्वन्धमा उनका धेरै लेखहरु प्रकाशित छन् ।
९. उनको सबैभन्दा प्रसिद्ध खोज भनेको उनले सावित गरे कि ब्ल्याक होलबाट पनि केही मात्रमा विकिरण निस्किन्छ ।
त्योभन्दा पहिले ब्ल्याक होल्सको शक्तिशाली गुरुत्वाकर्षणको कारणले त्यहाँबाट केही पनि निस्किदैन । अहिले ब्ल्याक होलबाट निस्किने रडियसनलाई हकिन्स रेडयसन पनि भनिन्छ ।
१०.एकातर्फ हकिङ विज्ञानमा आफ्नो नाम झन्-झन् अग्लो बनाइरहेको थियो । अर्कोतर्फ उनको शरीरले साथ छाडिरहेको थियो ।
पहिले उनको शरीरको दाहिने हिस्सा खराब भयो, त्यसपछि देब्रे हिस्सा पनि चल्न छोड्यो । त्यसपछि उनलाई ह्वीलचेयरको आवश्यकता पर्यो । उनलाई प्राविधिक रुपले सुसज्जित ह्वीलचेयर दिइएको थियो ।
११. हकिङ किताब पढ्न र लेख्न एकदमै मन पराउँथे । सन् १९९८ मा प्रकाशित भएको उनको किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ ले संसारभर तहल्का मच्चाएको थियो । यो किताबमा उनले ब्रम्हान्ड विज्ञानका कठिन विषयहरु, जस्तै महाविस्फोटको सिद्धान्त (बिग ब्याङ थ्यौरी) र ब्ल्याक होललाई यति सरल तरिकाले बुझाएका छन् कि साधारण पाठकहरुले पनि सजिलै बुझ्न सक्छन् ।
१२. हकिङको यो किताबका लाखौं प्रति हातहातै बिके । साथै उनले निकै विरोधको सामना पनि गर्नुपर्यो । किनकी यो किताबमा ईश्वरको अस्तित्वलाई इन्कार गरिएको थियो ।
यो पनि पढ्नुहोस्
हकिङको अनौठो कनेक्सनः जन्मँदा ग्यालिलियोसँग, मृत्यु हुँदा आइन्स्टाइनसँग !
स्टिफन हकिङका १८ प्रेरक बचन, जसले जीवन बदल्न सहयोग गर्छ
बैज्ञानिक स्टिफन हकिङको दावीः पृथ्वीको आयु अब १ हजार वर्षमात्र
प्रतिक्रिया 4