+
+

प्रदेश २ को विकासका लागि १ अर्ब सहायता दिने मोदीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २८ गते २०:५६

२८ वैशाख, जनकपुरधाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन् ।

दुई दिने राजकीय भ्रमणका क्रममा शुक्रबार जनकपुर आएका मोदीलाई नागरिक अभिनन्दन गरिएको छ । कार्यक्रममा उनलाई जनकपुर नगरको साँचो हस्तान्तरण गरिएको थियो भने मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समस्या राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रदेश २ को विकासका लागि १ अर्ब सहायता घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर यो रकममा बन्ने परियोजना छनोट गर्ने गर्नेछन् ।

जनकपुर जयनगर रेल यो वर्षभित्र पूरा गर्ने गरी काम भइरहेको भन्दै उनले यसले नेपाललाई भारतको रेल सञ्जालमा जोड्ने बताए । रक्सौल काठमाडौं रेलका साथै जलमार्गबाट पनि नेपाललाई भारतलाई जोड्न चाहेको उनले बताए ।

प्रधानमन्त्री मोदीले ‘छिमेकी पहिलो’ भन्ने भारतको नीति रहेको र नेपाल पहिलो प्राथमिकतामा रहेको बताए । उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाल अभियान आफ्नो सवका साथ साबका विकास अभियानसँग मेल खाने भन्दै यसलाई सफल बनाउन भारतले सहयोग गर्ने बताए ।

नेपाल भारत सम्वन्ध राजनीति, कूटनीतिसँग देव नीतिले पनि बाँधिएको चर्चा गरे । उनले भने, ‘व्यक्ति र सरकार त आउँछ, जान्छ तर, हाम्रो सम्वन्ध अमर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?