१६ जेठ, काठमाडौं । विश्वकप तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा पेरुले स्कटल्याण्डलाई २-० ले पराजित गरेको छ ।
६ वर्षपछि विश्वकपमा फर्किएको पेरुले खेलभर दबाब बनाएर आफ्नो उत्कृष्टता सावित गर्यो ।
रुसमा जुन १४ देखि सुरु हुने विश्वकप फुटबलको तयारीका लागि बुधबार बिहान भएको मैत्रीपूर्ण खेलमा स्कटल्याण्डविरुद्ध पेरु हावी देखियो ।
पहिलो हाफको ३७ औं मिनेटमा गोल गरेर अग्रता बनाएको पेरुले खेलको ४७ औं मिनेटमा दोस्रो गोल गरेको हो ।
पेरुका लागि कुएभा र फार्फानले गोल गरेका हुन् ।
यसअघि सन् १९८२ मा विश्वकप खेलेको पेरुले प्ले अफमार्फत रुस विश्वकपमा स्थान पक्का गरेको हो । विश्वकपमा पेरु अस्ट्रेलिया, फ्रान्स र डेनमार्क सँगै समूह ‘सी’ मा छ ।
यस्तै बुधबार बिहान नै भएको अर्को खेलमा पहिलो पटक विश्वकप खेल्न लागेको पानामाले नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्यो ।
विश्वकपमा पानामा बेल्जियम, ट्युनिसिया र इंग्ल्याण्डसँगै समूह ‘जी’ मा रहेको छ ।