+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तस्करसँग पैसा लिँदै गरेका प्रहरीको फोटो खिच्ने पत्रकार कुटिए

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २२ गते १०:०२
प्रतीकात्मक तस्वीर

२२ जेठ, महोत्तरी । तस्करसंग पैसा लिँदै गरेको तस्वीर खिच्ने पत्रकार महोत्तरी प्रहरीबाट कुटिएका छन् ।

नेपाल टेलिभिजनका महोत्तरी सम्वाददाता राजीव राय कुर्मीमाथि प्रहरी हवल्दार राजेन्द्रबहादुर बस्नेतले तस्करसँग पैसा लिँदै गरेको तस्वीर खिचेको भन्दै कुटपिट गरेका हुन् ।

पत्रकार कुर्मीले महोत्तरीको सीमा नाका रहेको सम्सी गाउँपालिकास्थित बजार क्षेत्रमा बर्दीमै रहेका प्रहरी जवान राकेश रायले पैसा लिइरहेको फोटो अाफूले खिचेलगत्तै प्रहरी हवल्दार बस्नेतले आएर फोटो डिलिट गर्न धम्की दिँदै हातपात गरेको गुनासो गरे ।

घटनावारे जानकारी पाएका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले घटनाबारे बुझेर दोषी भेटिए कारबाही गर्ने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाले घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

पछिल्लो समय सम्सीका विभिन्न नाका हुँदै दैनिक लाखौं रकम बराबरको सामान प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?