Comments Add Comment

कुखुराको मासु पोखेको विवादमा युवकको हत्या, सेनाका प्यूठ पक्राउ

तीन जना अझै फरार

२४ असार, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, जीतपुरकाउमेश कार्कीको हत्याम अभियोगमा नेपाली सेनाका कर्मचारीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाली सेनाको नयाँ सबुज गण दरबन्दी भएका प्यूठ राम सागर चौधरी र काठमाडौंको सानो भर्यायङका गंगाराम चौधरी छन् ।

यसअघि १५ असारमा कार्कीमाथि फलामको रड र धारिलो हतियार चक्कु प्राहर भएको थियो । लगत्तै, जिल्ला प्रहरी कार्यालय, भक्तपुरले अनुसन्धान थालेको थियो ।

भक्तपुरका प्रवक्ता डिएसपी रेवतीरमण पोखरेलका अनुसार सामान्य विषयमा विवाद हुँदा कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

‘मादक पदार्थ सेवन गर्ने क्रममा पकाएको कुखुराको मासु पोखिएको विवादमा कार्कीमाथि हतियार प्रहार भएको अनुसन्धानबाट खुलेको छ’, पोखरेलले भने, ‘घटनामा अन्य ३ जना पनि संलग्न भएको देखिएको छ । हामीले खोजीलाई व्यापक बनाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment