+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

नेपाली विद्यार्थी अान्दोलनको बहस नयाँ दिल्लीमा

'विदेशमा अध्ययनरत हरेक नेपाली विद्यार्थी राजदूत'

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते १२:०७

९ जुलाइ, नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा रहेका विद्यार्थीले नेपालमा विद्यार्थी आन्दोलनको कार्यदिशा र विद्यार्थीको कार्यभारबारे बहस गरेका छन् ।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा भएको ‘विद्यार्थी आन्दोलनको अबको दिशा र हाम्रो कार्यभार’ विषयक कार्यक्रममा विचार मन्थन गरिएको हो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले नेपालबाट विदेशमा अध्ययनरत हरेक विद्यार्थीले आफूले आफैलाई नेपाली राजदूत सम्झिएर आफ्नो देशको बारेमा आफूले सक्ने योगदान गर्नुपर्ने जोड दिएका थिए ।

उनले नेपालमा राजनैतिक रुपमा एउटा सिंगै युगको व्यवस्था फालेर तीन तहको सरकारको परिकल्पना सहितको नयाँ संविधान अनुसार नयाँ सरकार बनेको बताउँदै अब जनताको अवस्था बदल्न स्थिर सरकार, तीव्र आर्थिक विकास, सुशासन र बलियो राष्ट्रिय एकता कायम गर्दै वाम पार्टी नेपालको सम्बृद्धिको यात्रामा अघि बढेको बताए ।

उनले नेपालमा शिक्षा क्षेत्र केही व्यापारी, दलाल र माफियाहरुको कब्जामा परेकोले अब एकीकृत नयाँ वाम संगठनले त्यस्ता तत्वविरुद्ध रचनात्मक र श्रृजनशील संघर्षको माध्यमबाट अघि बढ्दै नेपालमा दुई शिक्षा प्रणालीको अन्त्य गर्दै सबैको शिक्षा बनाउने अभियानमा लाग्ने बताए ।

नेपाल भारत सम्बन्धमा केही दलाल र बिचौलिया तत्वहरुले बेलाबेला समस्यामा पारेने भन्दै अब युवा विद्यार्थीहरुले नयाँ आधार र नयाँ परिस्थितिमा नयाँ र अझ हिजोको भनेदा रामेरो र समुधर सम्बन्ध अपनाउन योगदान गर्नुपर्ने बताए ।

कार्यक्रममा नेविसंघ भारतका नेता सन्दिप राणाले आस्थाका आधारले जो जहाँ सुकै भएपनि विदेश अध्ययनरत विद्यार्थीहरु एउटै मन र तन लिएर आफ्नो देश र एकले अर्कोलाई पर्दा साथ र सहयोग गर्नुपर्नमा जोड दिए ।

त्यसैगरी नयां दिल्ली विश्वविद्यालय छात्र संघका पूर्व महासचिव अकित सिंह, नेविसंघ भारतका नेता गिरी न्यौपाने, नयाँशक्ति विद्यार्थी युनियन केन्द्रीय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख दिपक महतो, अनेरास्ववियू दिल्ली सचिव सन्देश केसी लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम अध्यक्ष अखिल (क्रान्तिकारी) दिल्ली अध्यक्ष मदन बस्नेत र अनेरास्ववियु दिल्लीका नेता संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?