+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

जापानमा प्राकृतिक विपत्तिको घोषणा

एक हप्तामा ६५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ८ गते १५:५४

८ साउन काठमाडौं । अत्याधिक गर्मीको कारण एक साताको बीचमा कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम एजेन्सीले देशभरी चलेको तातो हावाको आँधीलाई प्राकृतिक विपत्ति घोषणा गरेको छ ।

एजेन्सीका प्रवक्ताले कुनै भूभागमा गर्मीको स्तर धेरै देखिएकाले सर्वसाधारणलाई सजग सचेतसमेत गराएका छन् ।

हिट स्ट्रोकको कारण कारण २२ हजार भन्दा धेरै अस्पताल भर्ना भएको र तीमध्ये आधा भन्दा धेरै वृद्धवृद्धा रहेको सरकारको आकस्मिक सहायता अधिकारीहरुले बताएका छन् ।

जापानको मौसम पूर्वानुमानकर्ताहरुका अनुसार तातो हावाको आँधी कम हुने संकेत देखिएको छैन ।

सोमबार कुमागया शहरको तापक्रम ४१.१ डिग्री सेल्सियस मापन गरिएको थियो जुन जापानमा अहिलेसम्मकै उच्च तापक्रम हो् ।

टोकियो शहरमा पहिलोपटक पनि ४० डिग्री भन्दा धेरै मापन गरिएको छ । जापानको मौसम पुर्वानुमान एजेन्सीले अगस्टको पहिलो सातासम्म गर्मी कम नहुने र तापक्रम ३५ डिग्री भन्दा धेरै हुने भएकाले सर्वसाधारणलाई सजग रहन आग्रह गरिएको छ ।

‘हामीले केही भूभागमा अत्याधिक स्तरको गर्मी भएको पाएका छौं’ एजेन्सीका प्रवक्ता मातोआकी ताकेकावाले भने, ‘तातोहावाको आँधी मानव जीवनको लागि चुनौती भएकाले त्यसलाई हामीले प्राकृतिक विपत्ति मानेका छौं ।’

जापानको आधाभन्दा कम विद्यालय मात्रै वातानुकुलित सुविधायुक्त भएकाले अत्याधिक गर्मीबाट बच्चाहरुलाई बचाउन गर्मी बिदा लम्ब्याइने सरकारी प्रवक्ता योसिहिदे सुगाले बताए ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?