
१६ साउन, काठमाडौं । चितवनबाट बिरामी लिएर आएको श्री एयरलाइन्सको हेलिकोप्टर काठमाडौंको ककनी–१, मगटामा आकस्मिक अवतरण गरिएको छ ।
मौसममा आएको खराबीका कारण आकस्मिक अवतरण गर्नु परेको हो । हेलिकोप्टरमा ग्राण्डी अस्पतालका डा. अजय सिंह, नर्स अनु शाही र पाइलट प्रिया अधिकारी सवार थिए ।
भर्खरै घटनास्थलमा बलाजुका डिएसपी चिरञ्जीवी नेपाल पुगेका छन् । उनका अनुसार हेलिकोप्टरमा सवार सबै सकुशल छन् ।
उपचारका लागि ल्याइँदै गरेको बिरामी खगराज अधिकारीको भने अवस्था गम्भीर रहेको जनाइएको छ ।
लेखक
गौरव पोखरेल
पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4