+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

पत्रपत्रिका बर्गिकरणको नतिजा खारेज गर्न प्रेस युनियनको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २५ गते १८:०५

२५ साउन, काठमाडौं । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका बर्गिकरणको नजिता खारेज गर्न नेपाल प्रेस युनियनले माग गरेको छ ।

काउन्तिसलले यही साउन २४ गते नतिजा सार्वजनिक गरेको थियो । उक्त नतिजामा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हावी भएको  अारोप लगाउँदै युनियनले खारेज गरी पुनरावलोकन गर्न माग गरेको हो ।

‘पत्रपत्रिका बर्गिकरणपछि दिइने सेवा सुबिधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सिलको बोर्ड सदस्यहरुलाई नतिजा खारेज गरी पुनरावलोकन गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ ।’ युनियनले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।

पत्रपत्रिका बितरण संपरीक्षण समितिको सिफारिसलाईसमेत लत्याउदै बोर्ड बैठकसमेत नबसी फरक नतिजा प्रकाशन गरिएको आरोप युनियनको छ ।

‘काउन्सीलले एकलौटी रुपमा सूचना, सञ्चार तथा प्रबिधि मन्त्रालयमा बुझाइ सार्बजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा हामीले लिएका छौ ।’ युनियनको टिप्पणी छ ।

आमसञ्चार माध्यमहरु काउन्सिलको कोपभाजनमा परेको भन्दै युनियनले देश्ाभरका पत्रकारलाई साथमा लिएर आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?