नायक प्रदिप खड्का यूवायूवतीमाझ लोकप्रिय छन् । शनिबार काठमाण्डौको गोपिकृष्ण मुभिजमा प्रदिप पुग्दा फ्यानमा उनको गज्जबको क्रेज देखियो । उनी अभिनित चलचित्र ‘रोज’ शुक्रबारदेखि रिलिज भएको छ ।
शुक्रबार औषत कमाई गरेको चलचित्रले शनिबार गोपिकृष्ण लगायतका केही हलमा सुखद व्यापार गरेको छ । शनिबार गोपिकृष्ण हलमा पुगेका प्रदिपलाई फ्यानको विचबाट जोगाउन मुश्किल परेको थियो । उनलाई दर्शकले उचाले र सेल्फी समेत खिचे ।
यस्तै, उनीसँग तस्बिर खिच्ने र अटोग्राफ लिनेहरुको बाक्लो भिड देखिएको थियो । उनीसँगै नायिकाद्धय मिरुना मगर र परमिता आर एल राणा पनि हलमा पुगेका थिए । यसपटक आफूले दर्शकको चाहना अनुसार नै फरक भूमिका गरेको प्रदिपले बताए । नायिकाद्धयले दर्शकको माया पाएकोमा खुशी व्यक्त गरे । निर्देशक निरक पौडेलले दर्शकले साथ दिएको बताए ।
चलचित्रको समिक्षा भने कमजोर छ । चलचित्रलाई हतारमा बनाउँदा निर्देशक धेरै ठाउँमा चिप्लिएका छन् ।
प्रतिक्रिया 4