९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका एक जना कर्मचारी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा टेकूस्थित मिसिल शाखामा कार्यरत् कार्यालय सहयोगी उद्धवप्रसाद गिरी छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले गोप्य सूचनाका आधारमा ५ हजार रुपैयाँ घुस रकमसहित उनलार्इ पक्राउ गरेको हो ।
आयोगका सह–सचिव एवं प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले सेवाग्राहीको फाइल खोज्नका लागि घुस रकम माग गरेका थिए ।
‘उनले फाइल खोज्न आनाकारी गरेर विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिइरहेको सूचनाको आधारमा हाम्रो टोली खटिएको थियो’, दंगालले भने, ‘त्यसपछि घुसवापत ५ हजार रुपैयाँ लिइसकेको अवस्थामा उनकै कार्यालय परिसरबाट नियन्त्रणमा लिएका हौं ।’
गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4