+
+

टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सूर्यविनायक तनावग्रस्त

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते १९:४९

१७ असोज, काठमाडौं । भक्तपुरको सूर्यविनायकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त बनेको छ ।

प्रहरीका अनुसार बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको सनाखत भएको छैन ।

दुर्घटनापछि स्थानीयको भिडले टिपरमा आगजनी गरेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरेको छ ।

भक्तपुर प्रहरीका डिएसपी रेवतीरमण पोखरेलले अहिले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।

‘अहिले म पनि घटनास्थलमै छु । स्थितिलाई साम्य बनाउने प्रयास भइरहेको छ’, उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?