+
+
Shares

बसुन्धाराबाट मुर्ति चोरेर भागेका परियार ४ दिनपछि समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३० गते १६:३१

३० असोज, काठमाडौं । काठमाडौंको टोखा–५, बसुन्धारास्थित कल्की नारायणको मन्दिरमा रहेको मूर्ति चोरेर भागेका व्यक्ति ४ दिनपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धापासीका २२ वर्षीय मकर भनिने सुबे परियार छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

वृत्तका डिएसपी फडिन्द्र प्रसाईंका अनुसार पक्राउ परेका परियारको साथबाट चाेरीको मूर्तीसहित धुनुष, ९ वटा तिर, कमान लगायतका धार्मिक सामग्री पनि बरामद भएको छ ।

थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?