Comments Add Comment

१८ वर्षपछि दुईजना फरार अभियुक्त पक्राउ

३० असोज, महोत्तरी । महोत्तरी प्रहरीले १८ वर्षपछि दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध मुद्दाका फरार दुईजना अभियुक्त १८ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्ऽबहादुर खडकाले जानकारी दिए ।

पक्राउ पर्नेमा एकडारा गाउँपालिका वडा नं ३ बस्ने ५२ को छेदी साह र सोही स्थान बस्ने वर्ष ५४ का रामनरेश यादव रहेका छन् ।

०५७ कात्तिक ४ गते छेदी साहको घर खानतलासी हुदाँ निजको घरमा लुकाई छिपाई राखेको अवस्थामा १०१ किलो अबैध लागूऔषध गाँजा बरामद भएको र साह फरार रहेका थिए ।

त्यस्तै अर्का अभियुक्त यादवलाई ०६० असार २१ गते सम्सी जलेश्वर सडक खण्डमा प्रहरी चेकजाँचको क्रममा वालुवा लोड भइ आएको ज.१ त ३२२ नम्बरको ट्याकटरमा बालुवा भित्र लुकाएर ल्याउँदै गरेको अबैध लागूऔषध गाजा २०० केजी फेला पारी बरामद भएको थियो ।

घटना लगतै फरार रहेको दुवै जना गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

बरामद गाजाको ल्याब परीक्षणसमेत भैसकेको र निजहरुलाई हिरासतमा राखी अनुसन्धान हुने उनले जानकारी दिए ।

पक्राउ परेको दुवै जनालाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

महोत्तरी प्रहरी फरार अभियुक्त नियन्त्रण र लागूऔषध ओसारपसार तथा दुब्र्यसनबिरुद्ध बिशेष अभियान सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment