६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) क्लबविरुद्ध पहिलो हाफसम्म दोब्बर अग्रता बनाएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा जारी खेलमा च्यासलले पहिलो हाफमा नै २-० गोलको अग्रता बनाएको हो । च्यासलको लागि दुबै गोल अमिर श्रेष्ठले गरेका हुन् ।
खेलको १४औं मिनेटमा नै अमिरले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । खेलको २८औं मिनेटमा फेरी अर्को गोल थप्दै अमिरले आफ्नो टिमलाई दोब्बर अग्रता दिलाएका हुन् ।
आजै दिउँसो लिग लिडर थ्रीस्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4