+
+

खानेपानीको ट्यांकी लडेर च्याप्दा एक मजदुरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १२ गते १८:१८

१२ मंसिर, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती-१६, गैराटोलमा खानेपानीको ट्यांकीमा लडेर च्याप्दा एक जना मजदुरको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा अन्दाजी ३५ बर्षका कृष्ण अधिकारी छन् ।

जिल्ला प्रहरी कार्यालय, नवलपुर (नवलपरासी बर्दघाट सुस्तापूर्व) का अनुसार कावासोती-१६ डण्डा गैराटोलमा केशव रिमालले सञ्चालन गरेको अण्डाको क्रेट बनाउने कारखानामा काम गर्ने क्रममा कारखानाले प्रयोग गरेको खानेपानी ट्यांकी ढलेर च्याप्दा उनको मृत्यु भएको हो ।

गम्भीर घाइते अधिकारीलार्इ डण्डाको मध्यविन्दु सामुदायिक अस्पतालमा लगिएपछि अस्पतालले मृत घोषणा गरेको थियो । अर्का एकजना गम्भीर घाइतेलार्इ थप उपचारका लागि भरतपुर पठाइएको छ । उनको सनाखत भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?