Comments Add Comment

साझेदार खोज्दा वायुसेवा निगमको अस्तित्व मेटिँदैनः मन्त्री अधिकारी

१९ मंसिर, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी नेपाल वायुसेवा निगममा साझेदार भित्र्याउने पक्षमा उभिएका छन् ।

पछिल्लो समय घाटामा रहेको नियमले हालै मात्र सरकारसँग रकम माग गरेको थियो तर, अर्थमन्त्री युवराज खतिवडाले रकम दिन नसक्ने भन्दै साझेदार भित्र्याउन सुझाएका थिए । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित पर्यटनमन्त्री अधिकारी पनि साझेदार भित्र्याउने पक्षमा उभिए ।
‘पार्टनर नाम मात्रको होइन, लगानी पनि गर्न सक्ने खोजेर निगमलाई बलियो बनाइनेछ’ उनले भने, ‘संसारभरका सबै एयरलाइन्सले यो उपाय अपनाएका छन् । पार्टनर खोज्दा यसको अस्तित्व मेटिँदैन । ब्राण्ड हाम्रै हुन्छ ।’

कालोसूचीमा राख्न जरुरी छैन

मन्त्री अधिकारीले युरोपेली युनियनले नेपाली विमान कम्पनीहरुलाई कालो सूचीमा राख्न जरुरी नभएको बताए । ईयूले भनेको सबै मापदण्ड नेपालले पूरा गरिसकेको उनको दाबी छ ।

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले नेपाली विमान कम्पनीहरुमाथि लगाएको प्रतिबन्ध हटाएको भन्दै उनले आईकाओको मापदण्डलाई ईयूले पनि मान्नुपर्ने बताए ।

युरोपेली युनियनले ६ वर्षदेखि नेपाली विमान कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । सरकारी उड्डयन अधिकारीहरुले यो वर्ष हट्ने दाबी गरेका थिए तर, हालै मात्र ईयूले निकालेको कालोसूचीमा नेपालका सबै विमान कम्पनी परेका छन् ।

पर्यटनमन्त्री अधिकारीले कालोसूचीबाट हटाउन सरकारले पहल गरिरहेको बताए । भिटिन नेपाल २०२० भन्दा अगाडि नै प्रतिबन्ध हटाउनुपर्छ । नभए यसको असर पर्छ’ उनले भने । मन्त्री अधिकारीले आगामी मार्च वा अप्रिलसम्म इयुको कालोसूचीबाट हट्ने दाबी गरेका छन् ।

यो पनि पढ्नुहोस सत्तारुढ दलकै सांसदले मागे निगमका महाप्रबन्धक कंसाकारको राजीनामा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment