४ पुस, काठमाडौं । निजामती कर्मचारीको एक समूहले कर्मचारी समायोजनलाई स्वेच्छिक बनाउन माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् ।
कर्मचारीहरुले मन्त्रालयमा भेला भई विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन र घेराउ गरेका छन् ।
पीडित निजामती कर्मचारीको नाममा मुख्यसचिव लोकदर्शन रेग्मीलाई बुझाइएको ज्ञापनपत्रमा समायोजन स्वेच्छिक बनाउन माग गरिएको हो । ‘समायोजनमा जान नचाहने कर्मचारीलाई संघमा पुल दरबन्दी कायम गरी निश्चित मापदण्डका आधारमा प्रदेश र स्थानीय तहमा कामकाज गर्न खटाउने व्यवस्था गरियोस’ ज्ञापनपत्रमा भनिएको छ ।
उनीहरुले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सरकारी सेवा ऐन जारी गरेर मात्र समायोजन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
समायोजन भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीको संघमा निश्चित मापदण्डको आधारमा संघमा बढुवा वा सरुवा हुन नपाउने व्यवस्था रहेकाले त्यसलाई सच्याउनुपर्ने कर्मचारीहरुको माग छ ।
प्रतिक्रिया 4