+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘पुरानो बुलेट’मा अनुपको भिन्न लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ११ गते १०:५६

पत्रकार भीषण राईद्वारा निर्देशित चलचित्र ‘पुरानो बुलेट’मा नायक अनुप विक्रम शाही ‘एक्स्ट्रा लुक्स’मा आउँदैछन् । चलचित्रमा उनी गाउँको एक ‘पोजे’ युवा हुन्छन् । उनले गेटअप कानमा ठूलो कुन्डल, लामो कपाल, हातमा पन्जा, बेगी पेन्ट र डिङ्गो बुट हुन्छ भने साथमा पुरानो बुलेट । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा बनेको चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

एक्स्ट्रा लुक्सकै कारण यस चलचित्रले दर्शकको माया पाउनेमा नायक अनुप विक्रम शाही ढुक्क छन् । उनी भन्छन्–‘मैले यस चलचित्रमा आफूले जिवन्त अभिनय गर्न सकेको छु । र, यस चलचित्रमा मेरो गेटअपकै कारण मैले सम्पूर्ण दर्शकहरुको माया पाउने आशा राखेको छु ।’

चलचित्रमा अनुपका अलवा वर्षा शिवाकोटी, माला लिम्बु, शिव मुखिया, कृष्णभक्त महर्जन, कविता आले, शिरोमणि दवाडी लगायतको अभिनय रहेको छ । निर्देशक भीषण र कार्यकारी निर्माता सन्तोष राईको कथा रहेको यस चलचित्रलाई अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुमा निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?