Comments Add Comment

प्रदिपको स्टाटसः ‘अनमोल र म पहिलो साथी, अब दाजु–भाई’

नेपाली चलचित्र क्षेत्रमा नायक प्रदिप खड्का र नायक अनमोल केसीविचको स्टारडमको लडाई चलेको केही बर्ष भयो । दुबै नायक चलचित्र क्षेत्रमा सर्वाधिक रुचाइएका छन् । दर्शकको नजरमा यी दुबै परेपछि को नम्बर १ भन्ने लडाई उनीहरुबिच चल्दै आएको छ । बाहिरी रुपमा यी दुइले आफूहरुबिच कुनै खालको दुश्मनी नरहेको बताएपनि भित्री रुपमा भने यी दुइको स्टारडमको लडाई चल्दै आएको छ । तर, यो बिचमा ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा एकसाथ हात मिलाएपछि यी दुइविच सम्बन्ध सुध्रिएको अपेक्षा गरिएको थियो ।

अब, नायक प्रदिप खड्काले नायक अनमोल केसी र आफू दाजू भाई रहेको भन्दै स्टाटस लेखेपछि फ्यानहरुको बिचमा देखिएको लडाई पनि रोकिने अपेक्षा गरिएको छ । प्रदिपले अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को ट्रेलर शेयर गर्दै लेखेका छन्–‘अनमोल र म कलाकारको नाताले चलचित्र क्षेत्रमा मित्र थियौं । अब त, क्याप्टेनको ट्रेलर हेरेपछि दाजु भाइको सम्बन्ध पनि जोडिएछ । अनमोल केसी उर्फ इशान खड्का, अनी म प्रदिप खड्का ।’

प्रदिपले ‘क्याप्टेन’को ट्रेलरले पाएको भ्यूजले पनि नेपाली चलचित्रलाई माया गर्ने दर्शकको अनुमान लगाउन सकिने उल्लेख गरेका छन् । यसैविच, शुक्रबार सार्वजनिक भएको चलचित्र ‘क्याप्टेन’को ट्रेलरले युुटबमा नयाँ रेकर्ड बनाएको छ । २४ घन्टामा ८ लाख भन्दा बढी भ्यूज पाएको यो चलचित्रको ट्रेलरले रेकर्ड बनाएको छ । नेपाली चलचित्रको ट्रेलर २४ घन्टामा सबैभन्दा बढी हेरिएको रेकर्ड अनमोल केसीको ‘क्याप्टेन’ले बनाएको छ ।

यस्तै, २ दिन अगावै यो चलचित्रको ट्रेलरलाई युटुबमा १० लाख भन्दा बढीले हेरेका छन् । फागूण १७ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment