+
+

जब शिवरात्रीमा ‘महादेव’ बने राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २० गते ११:१०

आज महाशिवरात्री पर्व । नेपालभर धुमधामले यो पर्व मनाइदैछ । नेपाली चलचित्रका कलाकारले पनि शिवरात्रीलाई विशेष रुपमा मनाउने गरेका छन् । तर, नायक राजेश हमाल भने शिवरात्रीमा आफै महादेव बनेका छन् । नायक राजेश हमालको बिषयमा थुप्रै जोक्सहरु बन्ने गरेका छन् । हमालको बारेमा बन्ने ट्रोलमा हमाल आफै पनि रमाइरहेका हुन्छन् ।

यसैविच, शिवरात्री पर्वको अवसर पारेर केही फ्यानले उनलाई महादेव नै बनाएका छन् । हमाल आफैले तस्बिर अपलोड गर्दै शिवरात्रीको शुभकामना दिएका छन् । नायक राजेश हमाल अहिले चलचित्रमा भन्दा रियालिटी शोमा व्यस्त छन् । तर, चलचित्रमा व्यस्त नभएपनि हमालको क्रेज उस्तै छ । सामाजिक संजालमा उनको ट्रोल खुबै बन्ने गरेको छ । शिवरात्रीमा पनि उनको ट्रोल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?