+
+

नोबेल शान्ति पुरस्कारका लागि म योग्य छैन : इमरान खान

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २० गते १६:३३

२० फागुन, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य नभएको बताएका छन् ।

पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका वाइलट विंगर कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अभियान सुरु भएको थियो । उनीहरुको तर्क छ, ‘इमरानले भारत पाकिस्तानको युद्धको आशंकालाई टारे र शान्तिको पक्षमा काम गरे ।’

यो अभियानमा अहिलेसम्म ३ लाखले हस्ताक्षर गरेका छन् ।

तर, पाकिस्तानी प्रधानमन्त्री इमरानले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउने योग्य छैन । नोबेल शान्ति सम्मानको हकदार त्यो हुनेछ, जसले कश्मिरीहरुको इच्छाअनुसार कश्मिर विवाद समाधान गर्छ र पुरै महाद्वीपमा शान्ति र मानवताको विकासको बाटो तयार पार्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?