Comments Add Comment

आयोजक मकवानपुर ११ शहीद स्मृति फुटबलको सेमिफाइनलमा

७ चैत, हेटौंडा । उद्घाटन खेलमा च्यासल फुटबल क्लबलाई पराजित गर्दै आयोजक मकवानपुर ११ हेटौंडामा सुरु भएको शहीद स्मृति राष्ट्रिय फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको प्रतियोगितामा आयोजकले च्यासललाई २–१ ले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक प्रतियोगिताको १६ औं मिनेटमा गोल गर्दै च्यासलले अग्रता लिएको थियो । अजित गुरुङको क्रस बललाई हेडमार्फत सुन्दर गोल गर्दै डोम्बीया महोमदले टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ३० औं मिनेटमा खेललाई बराबरीमा ल्याउन विदेशी खेलाडी काजिमले गोल गरे । उनले प्रहार गरेको लेफ्ट सर्ट आयोजकका लागि खेललाई बराबरीमा ल्याउन महत्वपुर्ण आधार बनेको थियो । काजिमको सर्ट दाइने बारमा ठोकिदै गोलमा परिणत भएको थियो । मकवानपुरले दोस्रो हाफको २३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

मकवानपुरको लागि पुनः काजिमले नै गोल गरेका थिए । उनको दोस्रो गोलसँगै आयोजक मकवानपुर ११ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा आयोजकका लागि दुई गोल गर्ने काजिम म्यान अफ दि म्याच घोषित भए ।

एक विदेशी र ए डिभिजन क्लबसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः आठलाख रुपैयाँ र चारलाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment